इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रात्रीकालिन फुटबल आयोजना गर्ने लागिएको छ । सुनसरीको हकमा गाउँपालिकामा आयोजना गर्न लागिएको रात्रीकालिन फुटबल प्रतियोगिता पहिलो पटक हो ।

सुनसरी युथ क्लबले संचालनमा ल्याउन लागेको प्रतियोगितामा स्थानीय तथा जिल्लास्तरका क्लबहरुको सहभागिता रहने अफजल हुसेनले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेतालाई २५ हजार दिने योजना सहितको तयारी थालिएको हुसेनले बताउनुभयो । प्रतियोगिता असोजको पहिलो साताबाट सञ्चालनमा ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया