इनरुवा। बढ्दो मोबाइल क्रेज र सोशल मीडिया प्रति युवा जमातको लगाबले निम्त्याउन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुनसरीको इनरुवामा विद्यार्थीहरुकालागि सचेतना कक्षा संचालनमा ल्याइएको छ ।

प्रविधिको बिकाससँगै मोबाइल र इन्टरनेटमा बढ्दो पहुँचले साइबर अपराध जन्माउने तर्फ सचेत रहनु पर्ने भन्दै सरोकारवालाहरुले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम थालेका हुन् ।इनरुवाको आवर इङ्गिलस बोर्डिङ स्कूलमा सुनसरी प्रहरी सहित, ट्राफिक प्रहरी र सामाजिक अगुवाहरुले विद्यार्थी लक्षित साइबर अपराधसँगै लागुऔषध दुव्र्यसन बारे सचेतनामूलक प्रशिक्षण तथा अन्र्तकृया कार्यक्रम संचालन गरेका हुन् ।

नारी साझा मंच नेपाल इनरुवा सुनसरीको सहकार्यमा आयोजना गरिएको सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयाल, प्रशिक्षकहरु शिव शर्मा, पुष्पक निरौला सहित बोर्डिङका प्रिन्सिपल बिदुर बराल लगायतले विषयवस्तु बारेमा प्रष्ट्याउनु भएको थियो । नारी साझा मंचकी अध्यक्ष सरिता घिमिरेले बढ्दो साइबर अपराध र दुव्र्यसनी विरुद्ध विद्यालय तहबाटनै सचेतना कक्षाको आवश्यकता महसुस गरी कार्यक्रम संचालनमा ल्याइएको जानकारी दिनुभयो । घिमिरेले पाठ्यक्रमसँगै समयानुकुल विषयको ज्ञान समेत दिलाइनु पर्ने आवश्यकता महसुस गरी सचेतना कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia