इनरुवा। कृषि तथा पशुपक्षी विकास राज्य मन्त्री राम कुमारी चौधरीले महिलाहरु उधमी बन्न सके देशमा आर्थिक क्रान्ति हुने बताइन् । नेपाल उधमशील महिला संघ द्वारा आयोजित सृजनशील उधमी मेला २०७६को उदघाटन समारोहलाई संबोधन गर्दै उक्त कुरा बताइन् ।

महिलाहरुलाई अहिले सम्म चुल्लो चौकोमा सिमित राखेकै कारणले देश बिकास हुननसकेको बताइन । अहीलेको संविधानले महीलालाई राज्यका हरेक अङ्गमा ३३% देखि ४८% सम्म समावेश गर्ने बाध्यात्मक व्यवस्था रहेकोले अब महिलाहरू देश बिकासमा कुनै कसर नराख्ने राज्य मन्त्री चौधरीले बताइन । अहिले सम्म उधोगी,व्यापारी ,सेना,प्रहरी ,हाकिम ,न्यायाधीश ,मन्त्री ,प्रधानमन्त्री र रास्ट्रपति पुरुष मात्रै हुने परम्परालाई तोडेर नयाँ संघीय शासन व्यवस्था जहाँ महीलाहरुको सम्ममान सहभागीता ल्याएकै कारणले देशले मुहार फेर्न लागेको राज्य मन्त्री चौधरीले बताइन ।

बिगतमा उधोग कलकारखाना संचालन क्षेत्रमा महिलाहरुको उपस्तिथि नगन्य भए पनि अहिले बिस्तारै बढीरहेको बताइन् । उधमी महीलाहरुले परम्परागत उत्पादन र हस्तकलाहरु जसरी उत्पादन गरीरहेको छ निश्चयनै यो बढी लागत ,धेरै समय खर्चिलो रहेको छ र यस्लाई अन्तरास्ट्रिय बजारमा पनि पुर्यान नसकने अवस्था बाट गुज्रिरहेको छ मेरो बिचारमा यसलाई अत्याधुनिकरण,औद्योगिकरण र व्यवसायीकरण गर्न सके कम लागत,थोरै समयमा धेरै उत्पादन र अन्तरास्ट्रिय बजारमा पुर्याएर धेरै भन्दा धेरै फाइदा लिन सकीने राज्य मन्त्री चौधरीले बताइन ।उक्त मेला २०७६/४/३०,३१ र ३२ गते सम्म लाग्ने आयोजक रन्जु सिग्देलले बताइन् । कार्यक्रममा स्थानीय तथा स्वदेशी वस्तुहरुको स्टलहरु राखिएको छ भने संघर्षशिल उधमी महिलाहरुलाइ सम्मान गरीने ,बिवाहीत महिलाहरुको खुल्ला नृत्य प्रतियोगीता, उधमशीलता सम्बन्धि मोटिभेसन, साहीत्य, बि टु बि सेमीनार, तिज बिशेष फोटो प्रतियोगिता तथा सांगीतिक कार्यक्रमहरु हुने आयोजकले जनाएका छन ।

तपाईको प्रतिक्रिया