काठमान्डाैं / पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् । सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्त्व विभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो ।
बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल नगर्दा ललितपुरका बुङमती र खोकना, काभ्रेको पनौती, पाल्पाको तानसेन, जनकपुरको जानकी मन्दिर, जुम्लाको सिन्जा, मुस्ताङको लोमान्थाङलगायत ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व भएका ठाउँ विश्वसम्पदामा पर्ने सम्भावना टर्दै गएको छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia