इनरुवा। इनरुवाको सोमबारे हाटको हातामा निर्माण गर्न लागिएको आधुनिक बधशाला निर्माणको कार्य अन्तिम समयमा आएर रोकिएको छ । नगरपालिकाको कार्यालय नगरकैलागि आधुनिक बधशाला निर्माण गर्ने तयारी थाल्दै गर्दा स्थानीयको अवरोधपछि निर्माण कार्य रोकिएको छ ।

बढ्दो वस्ती विस्तारका क्रममा रहेकाले बधशालाले दुर्गन्ध फैलाउने भन्दै स्थानीयले अवरोध जनाएपछि ठेक्का लागि निर्माणको चरणमा पुगेको बधशाला निर्माणको कार्य रोक्नु परेको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल सरकार पशुपंछी तथा मत्स्य विकास मन्त्रालयको ७६ लाख ९६ हजार लागतमा निर्माण थाल्न लागिएको बधशालामा अवरोध भएपछि अन्यत्र स्थान हेरेर निर्माण गरिने इन्जिनियर उमेश्वर मेहताले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia