इनरुवा। इनरुवा नगरपालिकाको लागि प्राप्त भएको प्रधानमंत्री रोजगार कार्यक्रम अन्र्तगतको रकम फिर्ता भएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत प्रधानमंत्री रोजगार कार्यक्रमकालागि प्राप्त ३३ लाख रकम फिर्ता भएको हो । इनरुवा नगरपालिकाको कार्यालयले युवाहरुलाई रोजगारी दिलाउने तर्फ पहल नगर्दा उक्त रकम फिर्ता हुन पुगेको हो ।

नगरपालिकाले सबै दश वटै वडाबाट बेरोजगारी सूचि तयार पारेको भएपनि आन्तरिक खिचातानी र बेवास्ताका कारण निर्धारित समयमा कार्यक्रम संचालनमा आउन नसक्दा रकम फिर्ता भएको रोजगार संयोजक आशिश भट्टराईले बताउनु भयो । इनरुवा नगरपालिकामा प्रधानमंत्री रोजगार कार्यक्रमकालागि २१ सय ६२ जनाले आवेदन दिएका थिए । नगरपालिकाले रोजगार कार्यक्रम संचालनमा नल्याएपनि उक्त शिर्षकमा आएको रकमबाट ५ लाख भने तालिममा खर्च गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia