- दिलिप कुमार साह

राजविराज। सप्तरीको रुपनी गाउँपालिका, विरेन्द्र बजारमा मंगलबार राति यात्रुबसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम जाँदै गरेको ना६ख ९४७९ नम्बरको बसले रुपनी गाउँपालिका–६ का २२ वर्षीय विजय यसमाली मगरले चलाएको साइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मगर गम्भीर घाइते भएका थिए ।
स्थानीय युनिक अस्पतालमा प्रथामिक उपचारपछि थप उपचारका लागि विराटनगर लाने क्रममा बाटोमै मगरको मृत्यु भएको वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्द सिंह थापाले जानकारी दिए । बस र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia