झापा। झापाका ३ छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागु औषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट बुधवार खटिएको प्रहरी टोलीले मोरङको बेलवारी नगरपालिका-३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित मेची नगर नगरपालिका-६ भन्सार गेटबाट नियन्त्रणमा लिएको हो ।

यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे मेचीनगर नगरपालिका-७ गैह्रीगाउँबाट बेलवारी नगरपालिका-३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउ सुगर सहित पक्राउ गरेको छ भने सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले राती साँढे ८ बजे बिर्तामोड नगरपालिका-५ बाट हल्दिवारी गाउँपालिका-१ घर भई बिर्तामोड-४ बस्ने २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउ सुगर र निजले प्रयोग गरेको मे ९ प ४८३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia