इनरुवा। सुनसरी सदरमुकाम इनरुवा स्थित नवयुग एकेडमीमा कार्यरत शिक्षक सरोज दुलाल विगत लामो समयदेखि बोनम्यारो फेल भएर लाग्ने सेभर एप्लास्टिक एनेमिया रोगबाट पिडित भएका छन। सिएमसि हस्पिटल भेलोर भारतमा उपचाररत दुलाललाई सो रोगको उपचारकालागि भारु १० लाख खर्च लाग्ने भएको छ।

उपचारमा संलग्न डाक्टरका अनुसार शिक्षक दुलालको गिजा, नाक, कान, आँखाबाट निरन्तर रगत बगिरहने क्रम भएकोले २-३ महिनामा बिरामीको मृत्यु हुनसक्ने अनुमान लगाएका छन। शिक्षक दुलालको स्वास्थ्य निकै नै नाजुक अवस्थामा रहेकोले गर्दा उनका आफन्त तथा शुभचिन्तकहरुले अहिले सहयोगको अपिल गर्दै छन। शिक्षक दुलालको आर्थीक अवस्था पनि कमजोर रहेकोले सबै माझ सहयोगको आशा राखेका हुन।

सामाजिक सञ्जाल मार्फत नगरवासी शिक्षक, बिद्यार्थी, शिक्षण संस्था, राजनितिक दलहरु र अन्य पेशामा संलग्न रहनु भएका सहयोगी मनहरुसँग आफुलाई बचाइ दिनुहुन अनुरोध गरेकाछन।सहयोग गर्न चाहनेहरुले राष्ट्रिय बाणिज्य बैंक इनरुवा शाखाको बचत खाता नं. २२२००५३४७५१० मा सहयोग गरिदिनु शिक्षक दुलालले अनुरोध गरेका छन।

तपाईको प्रतिक्रिया