झापा। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी र झापा पृथ्वीनगरका सानाकिसान कृषि सहकारी संस्थाका कृषकहरु सङ्ग अन्तरक्रिया गरेकी छिन । किसानहरुले सधै सामना गर्नु पर्ने चुनौती, समस्याहरु र त्यसका समाधानहरु बारे छलफल गरेका छन ।

झापा जिल्लाको दक्षीणि भेगमा अवस्थित तत्कालीन पृथ्वीनगर गा.बि.स.र तत्कालीन नेपाल पुनर्वास कम्पनी लि.मार्फत नेपाल सरकारले २०२७ साल देखि २०३६ साल सम्म भुमिहीन नेपाली सुकुम्बासीहरुलाई व्यवस्थित रुपमा बसोबास गराएको क्षेत्र हो । २०४६ सालको राजनितिक परिवर्तन पछि खुल्ला अर्थ व्यवस्थाको फल स्वरुप निजि व्यवसायको बिकास र बिस्तार भए सङ्गै न्यून उत्पादन, उच्छ लागत र निर्वाहमुखी खेतीमा नै भर पर्नु पर्ने कारणले यहाँका किसानहरुको जीवन निर्वाह हुनै छाडेपछी सस्तो भन्दा सस्तोमा जमिन बिक्री गर्दै पुनः सुकुम्बासी हुने अवस्था सृजना भइ रहेको सन्दर्भमा ११ जना किसानहरुको अगुवाइमा चिया खेतिको परिक्षण उत्पादन शुरु गरेका थिए ।

स्वरोजगार,परम्परागत खेती भन्दा लाभदायक र पशुपालनका लागी डाले घाँस समेत चिया खेतिमा किसानहरु आकर्षित हुन थाले । नेपाल सरकारको सहयोगमा यहाका किसानहरु र संस्थाको साझेदारीमा ७ करोड ३५लाख २८ हजारको लागतमा चिया कारखाना संचालनमा ल्याइएको छ । उक्त कारखानालाई राज्य मन्त्री राम कुमारी चौधरी ,प्रदेश सांसद झलक सिंह दर्लामी ,सभासद पुर्ण सिंह राजबंशी लगायतको टोलीले अवलोकन समेत गरेको छ । किसानहरुले सदरमुकाम र राजमार्ग बाट टाढा रहेकोले व्यवस्थापनमा चुनौती हुने गरेको गुनासो राखेका थिए । यस भेगमा ठूला र पुराना स्थापीत प्रा.ली.हरु भएकोले उनिहरु सङ्गको प्रतिस्पर्धा मुख्य चुनौती रहेको बताए ।अन्तरक्रियामा बोल्दै राज्य मन्त्री चौधरीले अहिले सम्मको सरकारले गरेको सहयोग प्रयाप्त नभएकोले थप सहयोग गर्ने बिश्वास दिलाएकी थिइन ।

तपाईको प्रतिक्रिया