काठमान्डाैं / मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ । सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा आवश्यक हो कि होइन, यसले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकार खुम्च्याउँछ कि भन्ने आशंका गरेका छन् ।राष्ट्रियसभामा सत्तारुढ दल नेकपाका सांसदहरुले विधेयकको दफा १५ भन्दा पछि ‘पत्रकारिता व्यवसायी परीक्षा’ भन्ने प्रावधान राखेर त्यससम्बन्धी उपदफा राख्नुपर्ने गरी संशोधन हालेका छन् । यस्ता संशोधन हालेपछि पत्रकारिता क्षेत्रका विज्ञ र सरोकारवालाहरुले यो प्रावधानलाई औचित्यहिन भनेका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia