- नसीम अन्सारी

भुटहा। एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त आयोजनामा सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं ७ घुस्कीमा रहेको हिलाल पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीसंग समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीसंग १ दिन कार्यक्रम बुधबार सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत उक्त प्रशिक्षण सहितको कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा बरिष्ट प्रहरी उपरीक्षक १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख किशोर कुमार दाहालले विद्यार्थीहरुलाई प्रहरीले के कसरी जनताको नजिक रहेर कार्य गर्छ र प्रहरी कसैको शत्रु नभई मित्र हो भन्ने कुरा बुझाउनु कार्यक्रमको मुख्य उदेश्य भएको बताए । त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव उपरीक्षक विनाेद शर्माले विद्यार्थीहरुलाई साइबर क्राईम, लागूऔषध दुर्व्यसनी र मादक पदार्थ सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमकाे प्रमुख अथिति हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी बिशिस्ट अथिति बरिष्ट प्रहरी उपरीक्षक १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख किशोर कुमार दाहाल, जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव उपरीक्षक विनाेद शर्मा अथिति पुर्वाअंचल विश्वविद्यालयको कर्मचारी तथा सामुदाय प्रहरी साझेदारी कार्यक्रमको अभियन्ता काेपिला खड्का ६ नम्बर वडा अध्यक्ष इसराईल अन्सारी ७ नम्बर वडा अध्यक्ष नसीर खाँ वडा सदस्य दाबुद अन्सारी ६ नम्बर वडा सचिव समिम अन्सारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. अफताब अन्सारी विद्यालयका प्रअ जावेद अन्सारी लगायात प्रहरी अधिकारी, पत्रकार, विद्यालयका शिक्षक तथा शिक्षिका सहित करिब १०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia