- दिपेन्द्र यादव

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका २६ वटा सामुदायीक विधालयहरुको पठनपाठन बेहाल रहेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत रहेका २६ वटा सामुदायीक विद्यालयहरु मध्ये वार्ड नं. ८ मा रहेका जनता अधारभुत विद्यालयमा कार्यरत्त अस्थायी शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षामा अनुतिर्ण भएपछि शिक्षकको पद रिक्त रहेको अवस्थामा उक्त विधालय मर्ज गर्ने तयारीमा रहेको गाउँपालिकाले जानकारी दिइएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका शिक्षा समितिले २६ वटै समुदायीक स्कुलहरुमा स्थलगत अनुगमन गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय खाजा, शिक्षकहरुलाई अनिवार्य समयमा आउन र जान, विद्यार्थी संख्याको वास्तविक संख्या र गणना, शिक्षक तथा विद्यार्थीहरुलाई अनिवार्य पोशाकमा आउँन, नियमित पठन पाठन तथा कक्षा सञ्चालन र विद्यार्थी बालबालिकाहरुलाई खाजामा जंग फुड नखुवाउन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले निर्देशन दिएका हुन् । सो निर्देशनलाई पालना नगर्ने विधालयहरुमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले छड्के अनुगमन समेत गर्न थालिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia