- नसीम अन्सारी

भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं.२ भुटाहामा रहेको सराेकार बचत तथा ऋण सहकारी संस्था लि.काे प्रधानाकार्यालयले वडा नं.१ भुटाहामा एउटा शाखा थपिएको संस्थाले जनाएको छ। सराेकार बचत तथा ऋण सहकारी संस्थाले घर जग्गा पेट्रोल पम्प समेत दुई करोड ६१ लाखमा खरिद गरेर सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्प संचालन गर्दै आइरहेकाे बेला संस्थाले पेट्रोल पम्प भित्र आफ्नाे भवनमा सराेकार बचत तथा ऋण सहकारी संस्थाले नयाँ शाखा संचालनमा ल्याएको छ। सराेकार बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष माेजमिल हक तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले संयुक्त रुपमा भुटाहाकाे सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्पमा नयाँ शाखा उद्घाटन गरेका हुन। उद्घाटन समारोहमा अध्यक्ष हकले थप सेवा तथा सुविधाका लागि संस्थाले शाखा बिस्तार गर्दै जाने बताए।

संस्थाले शुक्रवार एक औपचारिक कार्यक्रम गरि सरोकार बचत तथा ऋण सहकारी संस्था लि. को पहिलो सेवा केन्द्रको उदघाटन कार्यक्रम सम्पन्न गरेको छ। सहकारी संस्थाले आफ्नो सेवा विस्तार निती अनुसार भुटाहामा शाखा विस्तार गरि सेवाग्राही एवंम् खाताधारी र शेयर सदस्यहरुमा सजिलो र सुलभ बैंकिंग सेवा पुर्याउने लक्ष्यका साथ संचालनमा ल्याएको बताए। यहाँबाट बचत खाता, दैनिक खाता, अन्य खाता, शेयर खरीद बिक्री, रेमिटान्स सेवा, ऋण निकट भविष्यमा एक्सटेन्सन काउन्टर र एटिएम संचालनमा ल्याउने आयाेजना रहेको हकले जानकारी दिनुभएको हाे।

तपाईको प्रतिक्रिया