शान्तिदीप नेपाल इनरुवाले केहिदिन अघि सम्पन्न गरेको फुटबल प्रतियोगिताको हरहिसाब सार्वजनिक गरेको छ ।
खेलकुद नगरी उन्मूख इनरुवा नगरपालिकामा साना–ठुला गरी दर्जनबढी प्रतियोगिता भैसकेतापनि हरहिसाब सार्वजनिक गरिएको भने यो पहिलो पटक हो ।
स्वयं नगरपालिका आफैं आयोजक रही आयोजना गरिएका प्रतियोगिताको समेत अहिलेसम्म खर्च विवरण सार्वजनिक गरिएको छैन् ।
नगरमा विभिन्न संघसंस्थाले क्रिकेटको राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिसकेका छन् । फुटबलका प्रतियोगिताहरु समेत संचालन गराईएपनि खर्च सार्वजनिक नगर्ने परिपाटीलाई शान्तिदीपले भने तोडेको छ ।
अध्यक्ष सुबास राईले खर्च विवरण पार्दशिताकालागि हरहिसाब सार्वजनिक गरिएको बताए । राईले दिएको जानकारी अनुसार इनरुवा खेल मैदानमा सम्पन्न इनरुवा फुटबल लिगमा १ लाख ६४ हजार खर्च भएको छ ।

दाताहरुबाट आश गरिए बमोजिमको सहयोग नजुट्दा आयोजकले संस्थागत तर्फबाट ४० हजार रकम खर्चिएको जनाएको छ । त्यसैगरी स्वयं अध्यक्ष राईले प्रतियोगिता सम्पन्न गराउन रकम अभाव भएकाले व्यक्तिगत ३७ हजार रकम खर्च गर्नु परेको बताए ।
प्रतियोगिता सफलता पूर्वक सम्पन्न गराउन साथ र सहयोग प्रदान गर्ने प्रति आभार व्यक्त गरेका राईले प्रतियोगिताको हरहिसाब सार्वजनिक गर्दै आउँदा दिनमा निरन्तर सहयोगको अपेक्षा राखेका छन् ।
सार्वजनिक गरिएको लागत खर्च विवरण अनुसार प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, दोस्रो पुरस्कार २० हजार, ट्रफि र मेडलमा खर्च १२ हजार खर्च भएको छ । स्टेज, साउण्ड सिष्टम सहित जिङगलकालागि ३० हजार, प्रमाण पत्र र चेक, प्रचारप्रसार सहित ७ हजार, फिल्ड मर्मत १५ हजार र रेफ्रि भत्तामा ३० हजार रकम खर्च भएको छ ।
दिइएको जानकारी अनुसार प्रथम पुरस्कार बरारबको रासी नगर प्रमुख राजन मेहताले व्यक्तिगत रुपमा उपलब्ध गराएका हुन् भने प्रतियोगिता संचालनकालागि वाईवाईले २० हजार उपलब्ध गराएको हो । अन्य रकम स्थानीय केहि सहयोगि दाताहरुले उपलब्ध गराएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia