- अमर काफ्ले

इनरुवा। नेपाली कांग्रेसले सुनसरीबाट दोस्रो जनजागरण अभियानको औपचारिक थालनी गरेको छ । १०६ औं वीपी जयन्तीको अवसर पारी काँग्रेसले सुनसरीकोे इनरुवाबाट दोस्रो चरणको अभियानको घोषणा गरेको हो ।

जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजित सभाका बिच पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियान थालनी भएको औपचारिक घोषणा गर्नु भएको छ । सभालाई सम्बोधन गर्दै सभाापति देउवाले वर्तमान सरकारको रवैया डरलाग्दो देखिएको बताउनु भएको छ । चारैतर्फ बढ्दो हस्तक्षेपले मुलुकको शाख र समृद्धि गुम्ने अवस्थामा पुगेकाले संविधानको रक्षाकालागि काँग्रेस बाहेकको विकल्प नरहेको वहाँको धारणा थियो ।

देउवाले दोस्रो जनजागरण अभियान देशभरका जनतामाझ नेकपा सरकारको हावादारी र झुटको खेतीलाई चिर्ने तर्फ केन्द्रित रहने बताउनु भयो । आवश्यक परे सरकार विरुद्ध आन्दोलनमा उत्रनु पर्ने हुन सक्ने हुँदा सबै पार्टी पंक्तिलाई तयारी अवस्थामा रहन समेत देउवाले निर्देशन दिनुभयो । कार्यक्रमा पार्टीका वरिष्ठ नेता बिजयकुमार गच्छदार सहित ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, प्रकाश शरण महत, मिन बिश्वकर्मा, राजिब कोइराला लगायतकाले सम्बोधन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia