राज्य मन्त्री चौधरी कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले सरकारको तिनै वटा तहमा बिचौलीयाहरुलाई प्रवेश निषेध गर्नु पर्ने बताइन् । कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र कोरीयन ईन्टरनेसनल कोप्रेसन एजेन्सी (KOICA)द्वारा आयोजित अन्तरक्रियात्मक कार्यशालामा बोल्दै उक्त कुरा बताइन् ।

अहिले सरकारले सिमा पारी बाट मासुजन्य खसी ,बोका ,राङ्गा,भैंसी र कुखुरा आयातमा रोक लागाएको कारणले नै आफ्नै देशमा उत्पादन गर्न कृषकहरु लागिपरेको मन्त्री चौधरीले बताइन । आयात गरेर देश कहिलै आत्मनिर्भर हुन नसकने बताइन् । दशै तिहारमा बाहिरबाट खसी बोका नल्याए नपुगने कुरा निराधार समेत भएको बताइन । मासु जन्य बस्तुमा बाहिर बाट आयत मात्रै भैरहने हो भने देश कहिल्य आत्मनिर्भर नहुने मन्त्री चौधरीले जिकिर गरीन। यो आ.ब.मा मासुजन्य बस्तुमा सापेक्षी वृद्धि भएको बताइन्। त्यसै गरि फलफुल र सागसब्जीमा पनि उत्पादन बढाउन आयातमा बन्द गर्नु पर्नेमा जोड दिने बताइन्। नेपालकै जुम्ला, हुम्ला, मुस्ताङ र मनाङ्गको स्याउ नेपाली बजारमा १०० रुपैयामा बिक्दैन कृषक गाइ बस्तुलाई खोले बनाएर खुवाएको समाचार आउछ्न तर चीन, पाकिस्तान र कश्मिरको स्याउ ३०० देखी ४५० रुपैया प्रति किलो किनेर नेपाली जनताले खाइरहेको बजारको डाटा छ।

प्रचार बाजि र बिज्ञापनको भरमा बाहीरको स्याउ महगोमा बिक्ने र तेतिनै स्तरको नेपाली स्याउ नबिकेर नेपाली किसान हैरान भएको छ । बिचौलीया खाएर मोटाएका छ्न । नेपाली किसान कुपोषीत भैइरहेको अवस्था बाट गुज्रिरहेको छ । यस्तो अवस्था लामो समय सम्म जान दिनुहुदैन राज्य मन्त्री चौधरीको कथन थियो । पाउडर दुध आयातमा रोक लगाए पछि बिचौलीयाहरुले निकै कृषि मन्त्रालयको नकारात्मक प्रचारबाजी गरेको तर आफुहरु पछि नहटेकै कारणले दुधमा आत्मनिर्भर बन्दै गएको मन्त्री चौधरीले बताइन । अहिले तेसै कारणले किसानको दुध सडकमा पोखिने दिन गएको बताइन । नेपाली किसानले कृषि तथा पशुपक्षी बिकास मन्त्रालय/संयुक्त रास्ट्र संघ बिकास कार्यक्रम फलफुल तथा तरकारी मुल्य शृङ्खला बिकासका लागि पालिका आयोजना बिच सहकार्य तथा सझेदारी विषयक अन्तरक्रियात्मक कार्यशालामा नगर प्रमुख ,उपप्रमुख गाउपालीका अध्यक्ष ,उपाध्यक्ष र कार्यकारी अधिकृतहरुको प्रश्नमा जवाफ दिदै राज्य मन्त्री चौधरीले पहीला सबै नगर र गाउपालीकाहरुमा बिचौलीयालाई प्रवेश निषेध गर्नुस । तेसपछी प्रदेश र संघ बाट गएका योजना कार्यक्रमहरुको निगरानी र अनुगमन गर्नुहोस बिकास हुन बाट कसैले रोक्न सक्दैन । आफू ठिक संसार ठिक ,आफू बेठिक संसार बेठिक । मन्त्री चौधरीले भनिन ।कार्यशालाको मुख्य उदेश्य पालीका र आयोजना बिचको सहकार्य तथा साझेदारीलाई औपचारिकता प्रदान गर्ने र पालिकाको समग्र आर्थिक बिकासका लागी फलफुल तथा तरकारी मुल्य श्रङखला बिकासको महत्व बारे रहेको थियो । प्रदेश नं.-३ र गण्डकी प्रदेशका ९ जना नगर प्रमुखहरु र ५ जना नगर उपप्रमुखहरु ,१० जना गाउँपालीका अध्यक्षहरु र ४ जना उपाध्यक्षहरु ,२४जना प्रमुख प्रशासकीय अधिकृतहरु,४ जना कृषि अधिकृतहरु र मन्त्रालय बिभाग बाट उपस्थित रहेको थियो । कार्यक्रम २३ र २४ गते चलेको थियो ।

तपाईको प्रतिक्रिया