- नसीम अन्सारी

इनरुवा। सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ७ घुस्की स्थित धानखेतमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ। घुस्कीका स्थानीय निवासी इलियास अन्सारीको धानखेतीमा नामथर ठेगाना नखुलेको करिब ४० वर्षीय युवकको शव वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दिउसाे स्थानीय बासिन्दाले घाँस काटन गएको बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए, घुस्की प्रहरी चाैकिका प्रहरी घटनास्थल पुग्दा उनको शव उत्तानो परेको अवस्थामा थियो।’प्रहरीका अनुसार शरीर खुला रहेको निलो रंगको जिन्स पेन्टलगाएका मृतकको शरीर कालाे रहेको थियो । स्थानीयहरुकाे अनुसार मृतकको शरीरमा तेजाब हालेकाे हुनसक्ने अनुमान लगाउन सकिन्छ स्थानीय गुनासो गरेको हाे। शवकाे अवस्था हेर्दा हत्या गरेर फालेको हुनसक्ने देखिन्छ। शव पोष्टमार्टमकालागि सुनसरी जिल्ला इनरुवा स्थित इनरुवा अस्पतालमा लगिएको हाे।अस्पतालका अनुसार शवको पहिचान हुन नसकेकाले पोष्टमार्टममा केही टाईम्स लागन सक्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia