उद्योग वाणिज्य संघ इनरुवाको १८औं वार्षिक साधारण सभा शनिवार इनरुवामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कृषि तथा पशुपंछी बिकास राज्यमंत्री रामकुमारी चौधरीले गर्नु भएको हो ।पञ्चदेव मेहताको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राज्यमंत्री चौधरीले स्थानीय तहको बजार व्यवस्थापन सहित वृद्धिबिकासमा उद्योग वाणिज्य संघ इनरुवाको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नु भयो ।

बजार, व्यवसाय सहितको समग्र नगरको बिकासकालागि स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नु भएकी चौधरीले केन्द्रीय सहयोग कमी हुन नदिने प्रतिवद्धता जनाउनु भयो । सदरमुकाम भएरपनि बिकासमा पछि परेको नगरपालिकाको रुपमा गरिने चित्रणलाई अन्त्य गर्न जरुरी रहेको भन्दै चौधरीले त्यसको अगुवाई उद्योग वाणिज्य संघले गर्नु पर्ने वहाँको भनाई थियो । साधारण सभामा सचिव गिरिराज अटलले संस्थागत प्रतिवेदन पेश गर्नु भएको थियो । अटलले संस्थागत बिकासका साथै व्यापारीहरुको वृद्धिबिकासमा उवासंघले खेलेको भूमिका लगायतका विषय प्रष्ट्याउनु भएको थियो । साधारण सभाको अवसरमा उद्योग वाणिञ्ज संघका पूर्व पदाधिकारी सहित विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । इनरुवा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनकालागि अशोजको ४ गते निर्वाचन हुँदैछ ।अध्यक्ष सहितका पदमा उम्मेदवारका आकांक्षी बढि देखिएको भएपनि सर्वसम्मतको प्रयास जारी रहेको उवासंघ इनरुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia