- दिलिप कुमार साह

राजविराज। राष्ट्रिय वाल दिवसको अवसरमा राजविराज नगरपालिकामा बाल अधिकार सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सुनिश्चित बालअधिकार, समृद्ध नेपालको मुल आधार सहित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा विरुद्ध सचेतनाका लागि वक्तृत्वकला कार्यक्रमको आयोजना गरी कार्यक्रम मनाएको हो ।

उक्त विद्यालयका विद्यार्थीहरुले वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए । समग्र जनउत्थान केन्द्र लहानको सहयोगमा भएको कार्यक्रममा उक्त विद्यालयको सहायक प्रधानाध्यापक, शिक्षक गिरिराज पौडेल, लक्ष्मण मेहता, पत्रकार मनोहर पोखरेल, दिलिप कुमार साह लगायतको सहभागिता रहेको थियो । यसैगरी समग्र जनउत्थान केन्द्र लहानकै सहयोगमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ स्थित श्री लक्ष्मी बल्लभ नरसिंह उच्च माध्यमिक विद्यालय बभनगामाकट्टीमा निबन्ध प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सो विद्यालयका निमित्त प्रधानाध्यापक अरहुल साहको अध्यक्षता र प्राध्यापक मदन देवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लक्ष्मी बाल क्लवका छात्रा छात्राहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको बाल विकास केन्द्रका श्रोत व्यक्ति रिता यादवले बताइन। त्यसैगरी तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ स्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा सृजना बाल क्लवले सांस्कृतिक कार्यक्रम गरी बाल दिवस मनाएको छ। कार्यक्रममा दाइजोप्रथा र बाल विवाह बिरुद्ध संदेशमूलक नाटक समेत छात्रछात्राहरुले प्रदर्शन गरेका थिए । सांस्कृतिक कार्यक्रममा सहभागी छात्रछात्राहरुलाई समग्र जनउत्थान केन्द्र कार्यक्रम अधिकृत राम भरोसी महतो, संचारकर्मी तथा जिविभि च्याम्पियन हेम शंकर सिंह लगायतले पुरस्कार वितरण गरेकाथिए।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia