धरान । सुनसरीको धरानस्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विएसी नर्सिङमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन्। विराटनगर घर भएकी बिएस्सी नर्सिङ पहिलो बर्षमा अध्ययनरत १९ बर्षीय अञ्जना देवले मंगलबार बिहान होस्टलमै झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुलेको छैन । देवसँग बस्ने साथीको बिहान डिउटी भएका कारण उनी होस्टेलमा एक्लै थिइन ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार अञ्जना साढे ६ बजेतिर होस्टल रुमबाट निस्केए पनि उनी पुनः कोठामा फर्किएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले सलको पासो लगाएर आत्महत्या गरेकी थिइन । साथी ड्युटी सकेर आउदा उनी जीवितै रहेका कारण साथीले उनलाई तत्काल प्रतिष्ठानको आकम्मिक कक्षमा पुर्याइएको थियो । पुर्याउने वितिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको साथबाट एउटा मोवाइल फेला परेको छ । उनका अभिभावक आए पछि थप कारण खुल्ने डिएसपी न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia