- अमर काफ्ले 

अघिल्लो वर्षको सफलतासँगै हौसिएको आयोजक फुलबारी क्रिकेट क्लब अशोजको पहिलो साताबाट संचालन हुने दोस्रो रात्रिकालीन टी ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारीमा जुटेको छ । इनरुवा खेल मैदानमा संचालन हुन लागेको दोस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय सहित राष्ट्रिय स्तरका १६ टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिता सुनसरी सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा अशोजको ४ गतेबाट संचालन हुँदैछ ।अघिल्लो संस्करणमा १० टिम सहभागि रहेकोमा यस पटक भने प्रतिष्पर्धी टिमको संख्या १६ पु¥याईएको छ । आयोजक संस्थाका अध्यक्ष शिबु यादवले प्रतियोगितामा सहभागिताकालागि देशभरका दुई दर्जन बढी टिमले इक्षा देखाएको भएपनि १६ वटा टिममात्र समावेश गर्न सकिएको बताए । उनले क्रमशः टिम संख्या थप गर्दै लैजाने बताए ।यादवले पहिलो संस्करणको सफलताले हौषिएका कारण यस पटकको प्रतियोगितालाई परिस्कृत तवरले संचालनमा ल्याउन लागिएको बताए । उनले यस पटक केहि नयाँ अनुभव प्रयोगमा ल्याउन लागिएको बताए ।

प्रतियोगिता मिति नजिकिएसँगै मैदानमा मेसिनबाट घाँस काट्ने तथा सम्याउने काम थालिएको छ । पिच तयारी सहित मैदान मर्मत र अत्याधुनिक लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक सञ्जय यादवले बताए । सञ्जयका अनुसार यस पटकको प्रतियोगितामा एलईडी एटम्प र लोगो सहितको बल प्रयोगमा ल्याइने छ । प्रतियोगितामा विभागीय टिमहरु नेपाल पुलिस, एपीएफ र आर्मी सहित धनगढी, बिराटनगर, चितवन, जनकपुर, सप्तरी, झापा, बिरगञ्ज, बेलबारी, धरान, दुहवी र आयोजक फुलबारी लगायतका टिमले सहभागिता जनाउँदै छन् । अशोज ४ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल अशोज १८ गते हुनेछ । खेलको बिजेताले नगद २ लाख सहित ट्रफि र उपबिजेताले १ लाख रकम हात पार्ने छ ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia