फेसबुकमा कसैका पोष्ट मन परेमा लाइक बटन थिच्ने सुविधा छ । मन परेन भने चाहीँ कमेन्ट गरेरै तितो पोख्नुपर्ने बाध्यता छ । यस्तोमा फेसबुकेहरुको चाहनालाई ध्यानमा राख्दै फेसबुकले लाइक सँगै डिसलाइक बटन पनि थप्ने चर्चा चलिरहेको थियो र छिटै नै फेसबुकले डिसलाइक बटन थप्दैछ भन्ने समाचार पनि आएको थियो । तर अन्ततः फेसबुकले डिसलाइक बटन ल्याउने योजनालाई थाति राख्दै भावना व्यक्त गर्ने नयाँ तथा रोचक फिचर थप गरेको छ ।

फेसबुकले शुक्रबार देखि रिएक्सन फिचर अन्तरगत ६ वटा नयाँ इमोजी बटन थपेको छ । थप गरिएका ती ६ वटा इमोजी बटनहरु लाइक बटन सँगै रहनेछन् ।

यी नयाँ बटन थप गरिएसँगै अब फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा देखिने कुनैपनि फेसबुक पोष्टहरुमा केवल लाइक मात्र ठोक्ने बाध्यता हुनेछैन । पोष्टको प्रकृति तथा प्रकार हेरिकन आफ्नो भावना व्यक्त गर्न पाइनेछ ।

फेसबुकका अनुसार परीक्षणका लागि स्पेन र आयरल्याण्डमा यो फिचर सुरु गरिएको छ र त्यसको प्रतिक्रियाको आधारमा छिटै सबैतिर सुरु गरिनेछ । साभार : पुर्वेली न्युज

Facebook-shineFacebook-shine

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia