बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म ‘वार’ ले बक्स अफिसका धेरै रेकर्ड तोडेको छ ।फिल्म रिलिजको पहिलो दिन ‘वार’ ले बह्रती बक्स अफिसमा ५३ करोड ३५ लाखको कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार अशिलेसम्म कुनै पनि बलिवुड फिल्मले पहिलो दिन गरेको सर्वाधिक कमाई हो ।

भारतभर कुल ४ हजार स्क्रिनमा रिलिज गरिएको ‘वार’ ले यो संगै कैयौ रेकर्ड समेत बनाएको छ । फिल्मले राष्ट्रिय बिदामा सर्वाधिक कमाई गर्ने रेकर्ड बनाएको छ भने अभिनेता ऋतिक रोशन र टाइगर सराफको क्यारियरकै पहिलो दिन सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।साथै यस बर्ष रिलिज भएको सलमान खानको फिल्म भारतको पहिलो दिनको ४२ करोड ३० लाखको कमाईलाई समेत ‘वार’ ले जितेको छ । त्यस्तै यस बर्ष रिलिज भएको मिशन मंगलले २९ करोड १६ लाख, साहोले २४ करोड ४० लाख र कलंकले २१ करोड ६० लाख कमाई गरेका थिए ।’वार’ को बक्स अफिसमा एडभान्स बुकिंगले पनि नयाँ रेकर्ड बनाएको छ । फिल्मको रिभ्यु समेत रम्रो भएकाले फिल्म बक्स अफिसमा सुपर हिट हुने अनुमान गरिएको छ ।उत्कृष्ट म्युजिक र ऋतिक र टाइगरको द्वन्द पर्दामा पहिलो पटक हेर्न दर्शक उत्साहित रहेकाले पनि फिल्मले बक्स अफिसमा शानदार कमाई गर्ने बताइएको छ । फिल्मले ३ दिनमा सय करोडको कमाई गरेको इण्डियन मिडियाहरुले जनाएका छन् । उक्त फिल्मले नेपाली बजारमा समेत राम्रो दर्शक पाएको छ ।देशभरका सबैजसो सिनेमा घरले पर्दामा उक्त चलचित्र लगाएका छन् । इनरुवामा सीबी सिनेमाले एसी सहितको डिजिटल हल संचालनमा ल्याएसँगै फिल्म हेर्न हल पुग्नेको संख्या समेत बढेको छ । सबैजसो शोहरु हाउसफुल रहेको हल संचालक चिरञ्जिबि बस्नेतले बताए ।
‘वार’ फिल्म हेर्ने पर्ने ५ कारण :
१.वार हेर्नु पर्ने पहिलो कारण अभिनेता ऋतिक रोशन र टाइगर सराफ पहिलो पटक पर्दामा आउनु रहेको छ । टाइगरले ऋतिकलाई आफ्नो बचपनको हिरोको रुपमा मान्दै आएकाले पनि यो फिल्म हेर्न दर्शकमा कौतिहलता रहेको छ । जबर्जस्त एक्शन रहेको यस फिल्ममा ऋतिक र टाइगरको लडाई रोमान्चक हुने अनुमान गरिएको छ ।
२.वार हेर्नुपर्ने अर्को कारण धुम-२ पछी ऋतिक रोशन निगेटिभ रोलमा अभिनय गर्दै छन् । आफ्नो एक्शन र नृत्यका कारण विश्वभर फ्यान बनाएका ऋतिक लामो समयपछी निगेटिभ भूमिकाआमा आएकाले वार हेर्नै पर्ने फिल्म बनेको छ ।
३.यो कुरा सबैलाई थाहा छ की टाइगर सराफले ऋतिक रोशनलाई आफ्नो गुरु मान्दछन । ऋतिक उनका बलिवुडका आइडल मान्ने टाइगर ऋतिकसँग काम गर्ने सपना देख्ने गर्दथे । उनको यो फिल्मबाट सपना पुरा भएको छ । ट्रेलर हेर्दा टाइगर र ऋतिकको द्वन्दले फिल्मलाई रोचक बनएको छ ।
४.’वार’ ले प्रशस्त मनोरंजन दिने र थ्रिलर कथामा बनेको ट्रेलर हेर्दा अनुमान गर्न सकिन्छ । बलिवुडमा कमर्सियल फिल्मको बजार ठुलो भएकोले पनि वारले बक्स अफिसमा राम्रो गर्ने फिल्म विश्लेषकहरुले बताएका छन् । फिल्ममा रहेका स्टन्ट, रोमान्चक लोकेशनमा गरिएको शुटिंगले फिल्मलाई पुर्णरुपमा मनोरंजनात्मक बनाएको अनुमान गर्न सकिन्छ ।
५.फिल्मको ट्रेलर हेर्दा ऋतिक र टाइगरमा द्वन्द देखाइएको छ भने दुईमा जित कसको हुन्छ भन्ने कौतुहलता पनि बनाइदिएको छ । अहिले ऋतिक र टाइगरका फ्यानहरुबीच दुईमा अन्त्यमा कसले जित्छ भन्ने कौतुहलता रहेको छ । जसले गर्दा पनि दर्शक हलसम्म पुग्ने अनुमान गरिएको छ । फिल्मको प्रचारका क्रममा पनि ऋतिक र टाइगर एकै पटक नगरी अलग अलग प्रचार गरेर आफुहरु बीच वर रहेको संदेश दिएर फिल्मलाई थप रहस्यमय बनाउन सफल भएका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia