सिंगिंग रियालिटी शो इन्डियन आइडलको एउटा भिडियो सार्वजनिक भएको छ जसमा एक प्रतियोगीले जज नेहा कक्कडलाई चुम्बन गरिरहेको देख्न सकिन्छ । यो भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुग्छन् । उनी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन् । उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् । र तीप्रतियोगीले उनको गालामा चुम्बन गर्छन् । त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भाग्छिन् । यो घटनापछि त्यहाँ उपस्थित सबैजना अचम्मित हुन्छन् । त्यसपछि के हुन्छ त्यो हेर्नका लागि पूरा एपिसोड नै हेर्नुपर्छ ।

तपाईको प्रतिक्रिया