नायिका निशा अधिकारीले इन्स्टाग्राममा स्तनपानको तस्बिर सार्वजनिक गरेकि छिन् । उनले इन्स्टाग्राममा आफ्नो छोरा युभनलाई दुध खुवाएको तस्बिर सार्वजनिक गरेकि हुन् । उनले विगतमा पनि ‘बेबी बम्प’ को फोटोहरु प्रदर्शन गरेकि थिइन् । गर्भवती भएको समयमा भुँडीको तस्बिर प्रदर्शन गर्दा धेरै नकारात्मक प्रतिक्रियाहरु आएको थियो ।
तर, उनले फोटो प्रदर्शन गर्नुको कारण जनचेतना फैलाउनु रहेको बुझिएको थियो । हाल अमेरिकामा रहेकि निशाले महिलाहरुमा जनचेतना फैलाउनकालागि समाजिक संजालबाटै अभियान चलाएकि छिन् ।अन्य मुलुकको तुलनामा नेपालमा नवजात शिशुलाई स्तनपान गराउनेको संख्या सन्तोषजनक भएपनि पर्याप्त छैन । स्तनपानका तस्बिरहरु चर्चित व्यक्तित्वले सार्वजनिक गरेसँगै समाजमा एकखालको सकारात्मक संदेश जाने देखिन्छ । निशाको उक्त कदमलाई सबैले स्वागत गर्नैपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia