दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् । कुखुराको भाले मरेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी आफूले पाएको वडा सदस्य वन्धु चौधरीले बताए ।

वडा सदस्य चौधरीले भने, ‘भालेलाई ठक्करदिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका रहेछन् । स्थानीय युवा र कुखुराको मालिकको विचमा भएको छलफलपछि बस मालिकसँग भेटेर क्षतिपूर्ति दिलाउने सहमतिमा बाटो खुलेको सुनिल रेग्मीले बताए। कुखुराको भाले मर्दा २ घण्टा जाममा परियो। कस्तो अचम्म !´उनले भने-`बस भागेपछि क्षतिपूर्ति माग गरिएको रहेछ।´

तपाईको प्रतिक्रिया

trusted online casino malaysia