- अमर काफ्ले

सुनसरी खोलामा पहिलो पटक आरती तथा दीपोत्सव कार्यक्रम आयोजना गर्न लागिएको छ ।सनातन कुटुम्ब इनरुवाको पहल तथा इनरुवा नगरपालिकाको सहयोगमा भोलि अर्थात कात्तिक २६ गते साँझ आरती सहितको दीपोत्सव कार्यक्रम गर्न लागिएको हो ।कार्यक्रमका बारेमा खोला किनारमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । सुनसरी खोलमा आयोजना गर्न लागिएको आरतीलाई गंगा आरतीको रुपमा लिइएको छ ।नगर प्रमुख राजन मेहताको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका किशोरकुमार कोइरालाले सुनसरी खोलाको महिमा र महत्वका बारेमा जानकारी गराएका थिए ।नमामि सुरसरि नाम दिई आयोजना गर्न लागिएको आरती र दीपोत्सवलाई सुनसरी खोलाको प्राकृतिक सौन्दर्यता जोगाउँदै स्वच्छ र हराभरा बनाउने अभियानसँग जोडेर अघि बढाउन लागिएको छ ।

जिल्लाको नामाङकन सुनसरी खोलाकै नामबाट रहनुका साथै प्राचिनकालिन महत्व बोकेको सुनसरी खोलालाई जीवन्त र हराभरा बनाउने अभियानको सुरुवात नमामि सुरसरिबाट थालनी गर्न लागिएको नगर प्रमुख राजन मेहताले बताए । उनले अभियानमा सहयोग पु¥याउनुकासाथै कार्यक्रममा सहभागिताकालागि सबैमा अनुरोध समेत गरेका छन्।कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । भोलि कात्तिक २६ गते मंगलवार दिउँसो ३ बजेबाट सुरु हुने धार्मिक कार्यक्रमसँगै साँझको आरती सहितको दीपोत्सवमा सहभागिताकालागि जिल्लावासीमा इनरुवा नगरपालिकाको कार्यालयले आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia