सुनसरीको इनरुवामा रहेको सामाजिक संस्था हिदायत एजुकेसनल एण्ड वेलफेयर ट्रस्टले ३ सय ५० बढी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

ट्रस्टले असहाय, अनाथ, टुहुरा र अपाङग बालबालिकाहरुकालागि शैक्षिक सामग्री वितरण गरेको हो ।सांसद सीताराम मेहता सहितका अतिथिहरुको उपस्थितिकाबिच विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।शिक्षा आर्जनमा मद्यत पु¥याउने उद्देश्य साथ शैक्षिक सामग्री वितरण गरिएको ट्रस्टका अध्यक्ष मौलाना हारुनले जानकारी दिए ।


कतार च्यारेटीको सहयोगमा विद्यार्थीहरुकालागि स्कुल व्याग सहितका शैक्षिक र खेलकुद सामग्री सँगै साइकल प्रदान गरिएको ट्रस्टका कार्यक्रम संयोजक हजरत हुसेनले बताए ।ट्रस्टले अशक्त, अनाथ, टुहुरा र अपाङग विद्यार्थीहरुका लागि आर्थिक सहयोगसँगै गरिव तथा विपन्न समूदायको हकहीतमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia