तीन दिन देखि बन्द औरावनीको वाइवाइ उद्योग सञ्चालनमा आएको छ । कामदार र उद्योग प्रशासनबिचको सहमति पश्चात उद्योग सञ्चालनमा आएको हो ।

सहमति पश्चात सबै कामदार काममा फर्किएको सीजी फुड्स इन्ड्रसट्रिज प्रालिले सुनसरीले जनाएको छ ।उद्योग प्रशासनले कामदारको माग कम्पनीको नियम विपरित हुनजाने भन्दै निशर्त काममा फर्किन गरेको आग्रहलाई कामदारले स्विकारेको उद्योगका प्रवक्ता श्याम पोखरेलले बताए ।खाना खानको लागि उद्योग वाहिर निस्कन पाउनु पर्ने अडान राखी कामदार आन्दोलनमा उत्रिदा उद्योग सीजी फुड्स इन्ड्रसट्रिज प्रालि तीन दिन ठप्प हुन पुगेको थियो । माग सम्बोधनका सवालमा उद्योग प्रशासन लचिलो बन्दै जाने आश्वासन पश्चात सबै कामदार काममा फर्किएको कृष्ण चौधरीले बताए । सहमति अनुसार कम्पनीमा प्रवेश गरेका कामदार आपतकालीन अवस्था बाहेकको हकमा ड्यूटी टाइम नसकी उद्योग बाहिर जान पाउने छैनन् ।कम्पनीले आन्दोलित कामदारको गतिविधि श्रम ऐन विपरित देखिएकाले काममा नफर्किए कानुन बमोजिम अघि बढ्ने चेतावनी दिएको थियो । सहमतिमा दुवै पक्ष्यले सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia