गुल्मी। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले कफी खेतीलाई व्यवसायीक बनाउन आवश्यक रहेको बताएकी छिन । १५ औं राष्ट्रिय कफी दिवसको अवसरमा गुल्मीमा चिया तथा कफी बिकास बोर्ड द्वारा आयोजित कार्यक्रममा उक्त कुरा बताईन । नेपाली कफीको माग देश र बिदेशमा वृद्धि भएता पनि व्यवसायीक उत्पादन गर्न नसक्दा आवश्यकतालाई पूरा गर्न नसकीएको मन्त्री चौधरीले बताईन ।

कुनै जमाना थियो, जुन बेला कफी पिउने कि ठूला घरानीया हुनु पर्द थियो या शहरीया हुनु पर्द थियो तर आज भोलि प्राय जसो सबैको भान्साको एउटा अंश कफी हुन पुगेको छ राज्य मन्त्री चौधरीले बताईन । पहुनापात आएको बेला होस या बिहान बेलुका होस कफी पिउने आम चालन नै भई सकेको मन्त्री चौधरीले बताईन । कफीको प्रयोग आम रुपमा वृद्धि भइरहेको छ तर यस्को खेती गर्ने चलन स्थिर छन । यसलाई व्यापक बनाउन चिया तथा कफी बिकास बोर्डले तीब्र गतिमा काम गर्नु पर्ने मन्त्री चौधरीले बताईन । कफी संग सरोकार राख्ने सबैले आ- आफ्नो ठाउँमा “आर्थिक संबृध्दिको लागी किसानको हात ,गुणस्तरिय कफी रोप्नमा हामी सबैको साथ “मुल नाराका साथ १५ औं राष्ट्रिय कफी दिवस नेपालमा कफीको उदगम थलो मानीने गुल्मीमा भव्यता पुर्वक सम्पन भएको छ ।

तपाईको प्रतिक्रिया