- दिपेन्द्र यादव

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा रहेको डिप्रोक्स लघुवित वित्तिय संस्था लिमिटेडको आयोजनामा एक दिने आधुनिक तरकारी खेती तालिम समपन्न भएको छ । डिप्रोक्स लघुवित वित्तिय संस्था लिमिटेडको मुख्य कार्यालय चितवनको आयोजना तथा शाखा कार्यालय भोक्राहा नरसिंह ४ को सहकार्यमा आफ्ना ग्राहक सदस्यहरुलाई क्षमता अभिवृद्धि कार्यक्रम समबन्धि एक दिने आधुनिक तरकारी खेती तालिम दिइएको भोक्राहा शाखाका प्रवन्धक चन्दन साहले बताए ।

शाखा प्रबन्धक शाहका अनुसार आफ्ना ग्राहक सदस्यहरुलाई व्यावसायिक तथा आधुनिक कृषिको माध्यमद्वारा ग्रामीण क्षेत्र इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक दिने आधुनिक तरकारी खेती विषयक तालिम दिएको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड भोक्राहा नरसिंह शाखामा आव्द्ध रहेका विभिन्न केन्द्रबाट प्रतिनिधित्व गरेका ग्राहक सदस्यहरुलाई तालिम दिइएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एंवम डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड १ नं. प्रदेशका प्रमुख राजेन्द्र न्यौँपानेले भने ग्रामीण क्षेत्रका किसानहरुको अर्थतन्त्रको मेरुदण्ड र समृद्धिको आधार कृषि रहेकोले तालिमबाट सिकेका कुराहरुलाई व्यावसायिक रुपमा लैजान र मनग्य लाभ लिन आग्रह गरे ।

त्यस्तै, आधुनिक तरकारी खेती तालिमका प्रशिक्षक एंवम कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत आठौँ तहका तिरपित नरायण मिश्राले भने तरकारी खेतीले नै ग्रामीण भेगका महिलाहरुको जीवनस्तरमा परिवर्तन ल्याउनुका साथै समयको सदुपयोग हुनुका साथै बेरोजगारी समस्या समेत केही न्यून रहने बताए । तालिममा सहभागीहरु मध्ये हरिपुर केन्द्रबाट प्रतिनिधित्व गरेकी कृषक पार्वती देवी मुखियाले यस अघि आफनै किसिमले खेतबारी गरेका थिए । भने अब मौसमी तथा बेमौसमी तरकारी खेतीको बारेमा जानकारी पाएकी बताइन् । उनले भनीन् कम लागतमा बढी आम्दानी उठाउन सक्छु भन्ने विश्वास लागेको छ।

त्यस्तै खटरी देवी यादवका अनुसार तरकारी खेती गर्जो टार्ने हिसाबले उत्पादन गर्दा बढी भएको अवस्थामा मात्र बिक्री गर्ने गरिएको बताइन । उक्त तालिमबाट कृषकहरुले खेती गर्ने नया पद्धति, प्राविधिक र बीउ, बिजन, विषादी लगायत बजारको समेत जानकारी हासिल गर्न पाएकोमा डिप्रोक्स लघुवित वित्तिय संस्थाप्रति आभारी हुँदै उक्त तालिमले कृषक महिलाहरुको आर्थिक अवस्थामा परिवर्तन आउने पनि बताए ।

तपाईको प्रतिक्रिया