इनरुवा। सुनसरी सदरमुकाम इनरुवा जस्तो सानो शहरमा दर्जन भन्दा बढी प्रइभेट बैँकहरुको बिगबिगी सुरु भएको छ । जिल्लाको धरान, इटहरी उपमहानगरपालिका भन्दा कम करोबार हुने इनरुवा बजारमा अहिले दर्जन भन्दा बढी बैँक तथा वित्तिय संस्थाहरु भित्रिन् थालेको पाइएको छ । इनरुवा बजारमा सबै भन्दा पुरानो बैँक राष्ट्रिय बाण्ज्यि बैँकले इनरुवाबाट सरकारी कारोबारको सुरुवात गरेको थियो भने त्यसपछि कृषि बिकास लिमिटेड इनरुवा शाखाले कारोबार सुरु गरेको थियो ।

त्यस्तै इनरुवामा सानिमा बिकास बैँक, प्रभु बैँक, जनता बैँक, लक्षमी बैँक, एन सी सी बैँक, एन आइसी एसिया बैँक, सिदार्थ बैँक, सनराइज बैँक, मेगा बैँक, गरिमा बैँक, एक्सल डेभलप्मेन्ट बैँक, लुम्बनी बैँक, मछापुच्छ्रे बैँक, मुक्तिनाथ बैँक, प्राइम बैँक, ग्लोबल बैँक, नविल बैँक, सृजना फाइनान्स लगायतका बैँक तथा बित्तिय संस्थाहरुले शाखा बिस्तार गरेका छन् भने यति धेरैँ बैँकहरुले इनरुवामा आ आफ्नो शाखा बिस्तार गर्नु पछाडीको कारण भने स्थानीयहरुका लागी चासौँको बिषय बन्न पुगेको छ । इनरुवामा बैँकको शाखा बिस्तार गरेपनि हाल सम्म कुनैपनि बैँकहरुले २४ घण्टा सम्म एटिएमको सुविधा नदिएको स्थानीय राकेश यादवले बताए । स्थानीय यादवका अनुसार बिरामी बोकेर बिराटनगर स्थित रहेको नोबेल अस्पताल जाने क्रममा सानीमा बैँकको एटीएममा पैँसा निकाल्न जादाँ एटीएम सेवा बन्द रहेको थियो । भने बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आ आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेपनि सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न नसकेको स्थानीय यादवले आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia