- अमर काफ्ले

सुनसरीको बर्जु गाउँपालिकाले गर्भवती महिलाकालागि अण्डा वितरण कार्यक्रमको सुरुवात गरेको छ ।
गाउँपालिकाको कार्यालयले नियमित स्वास्थ्य जाँच गराउने परिपाटीको विकास गराउने उद्येश्यसाथ गर्भवतीकालागि पौष्टिक आहार वितरण कार्यक्रमको थालनी गरिएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले वडा नम्वर २ बाट उक्त अभियानको शुभारम्भ गर्नु भएको छ ।
गाउँपालिकाले सबै वडामा अभियानलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ ।
स्वास्थ्यमा नियमित पहुँच बढाउनुका साथै कुषोषण मुक्त समाज निर्माणकालागि पौष्टिक आहारको कार्यक्रम संचालनमा ल्याइएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
विगतको दाँजोमा स्वास्थ्य संस्थामा पुगेर नियमित जाँच गराउनेको संख्यामा वृद्धि भएपनि सरकारी लक्ष्य अनुरुपको उपलब्धी भने हात पर्न सकेको छैन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष संगिता कुमारी राय, प्रमुख प्रशासकीय अधिकृत नवराज कार्की, वडाध्यक्षहरु श्याम कुमार गुरुङ, आनन्द यादव, किशोर कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले जेष्ठ नागरिककालागि निःशुल्क दाँत उपहार कार्यक्रम समेत सञ्चालनमा ल्याउन लागेको छ ।

 

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia