- अजित कुमार झा

इनरुवा। नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले तीन दिनको अवधिमा अवधिमा २६ लाख भन्दा बढी राजश्व सङकलन गरेको छ । प्राधिकरणले थालेको विद्युत चोरी नियन्त्रण अभियान कार्यक्रम अन्तर्गत तीन दिनको अवधिमा २६ लाख ८० हजार २२२ रुपैया राजश्व सङकलन गरेको प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख रामउदगार साहले बताउनुभयो । कार्यालयले सुनसरीको कोशी, हरिनगर, देवानगन्ज, भोक्राहा नरसिंह लगायतका गाउपालिकामा रातिको समयमा गरेको अनुगमनका क्रममा विद्युत चोरी गरेर उपभोग गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएर कारवाही गरे बापत ७३ हजार ५९२ रुपैया राजश्व सङकलन भएको वितरण केन्द्रका प्रमुख साहले बताउनुभयो । त्यसैगरी २४ लाख १९ हजार १३५ रुपैया बक्यौता उठाउन बाकी रहेकोमा कार्यालयले जम्मा ११४ जना ग्राहकको लाइन कटटा गरि ११४ र थप १४ जना ग्राहकको लाइन जडान गरे वापत असुल हुन बाकी रहेको र थप गरेर जम्मा २६ लाख ६ हजार ६३० रुपैया गरेर कुल जम्मा २६ लाख ८० हजार २२२ रुपैया तीन दिनको अवधिमा राजश्व सङकलन भएको वितरण केन्द्रका प्रमुख साहले बताउनुभयो । कार्यालयले अहिले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिएका कारण अहिले धमाधम विद्युत चोरी गर्नेहरु नियन्त्रणमा आउन थालेको छ । कार्यालयले १३८ जना ग्राहकको बन्द मिटर रहेकामा सबैलाई निःशुल्क रुपमा मिटर वितरण गरेको वितरण केन्द्रका प्रमुख साहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia