पूर्व पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ७ हरिपुरमा भएको दुर्घटनामा एम्बुलेन्समा सवार ७ जनाको ज्यान गएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सहित एकै परिवारकाअन्य ६ जनाको ज्यानगएको हो ।


बिराटनगरमा उपचार पश्चात ८५ वर्षिया शिवमाया राईलाई लिएर आफन्त सहित उदयपुर घर तर्फ फर्कदै गरेको एम्बुलेन्स हरिपुरमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी ज्यान गुमाउनेमा शिवमाया राई, दुर्गाधन राई, टेकेन्द्र राई, तुलबहादुर राई, मुकेश राई, दिनेश राई र एम्बुलेन्स चालक राजेश दनुवार रहेका छन् ।मृतक सबैको शव इनरुवा अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक चालक भने फरार रहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले रातीको समयमा हुस्से लागेको र तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ ।ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स आपसमा ठोकिएको थियो ।दुर्घटनापछि फरार रहेका ट्रक चालकको हाल खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया