मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ । शनिबार साँझ ७ बजे ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भइन । घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन ।

गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भएका थिए । चोरीमा संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । आमा अनिसा भगतको अनुसार एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेका थिए। त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेका छन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरुवाल लागाएको र दुबै जनाको मुख छोपिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia