दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार अभियुक्तको प्रहरी मुठभेडमा मृत्यु भएको छ । हैदराबादबाट पचास किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा आज बिहान भएको मुठभेडमा उनीहरुको मृत्यु भएको हो ।गएराति चारै अभियुक्तलाई प्रहरीले बलात्कारपछि हत्या गरिएकी महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगेको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली प्रहार गरिएको तेलंगाना प्रहरीले जानकारी दिएको छ ।गत साता २६ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरिएको अभियोगमा उनीहरु पक्राउ परेका थिए । चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखेको थियो । पशुचिकित्सकको बलात्कारपछि हत्या भएको विषयमा भारतमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।उनीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग सडकदेखि सदनसम्म उठिरहेको थियो । अपराधबारे पछिल्ला सरकारी तथ्यांकमा सन् २०१७ मा भारतभर प्रहरीले ३३ हजार ६ सय ५८ बलात्कारको घटना भएको देखिएको छ । भारतमा प्रत्येक दिन ९२ जना महिला बलात्कारमा पर्ने गरेका छन् ।

यस्तो थियो घटना
हैदराबादमा २६ नोभेम्बरमा एक महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको घटना सार्वजनिक भयो । महिला डाक्टरले एक टोल प्लाजामा आफ्नो स्कूटी पार्क गरिन् र केही कामका लागि निस्किन् । काम सकेर फर्किदा उनको स्कूटी पन्चर थियो ।उनले स्कूटी त्यही राखेर ट्याक्सीमा घर फर्कने निर्णय गरिन् । यति बेला रातको ९ बजेको थियो । उनले आफ्नो बहिनीलाई यसको जानकारी गराइन् । उनले बहिनीलाई आफूलाई सडकमा एक्लै डर लागिरहेको पनि बताइन् । अचानक केही मानिसहरु देखिए र उनलाई स्कूटी बनाइदिने भन्न थाले ।

युवतीले फोनमा बहिनीलाई एक ट्रक ड्राइभरले स्कूटी बनाइदिने भनेको जानकारी गराइन् । ट्रक ड्राइभरसँग स्कूटी बनाउने कुरा इन्कार गरेपनि उनले युवतीको पिछा गर्न छोडेनन् । त्यसपछि युवतीले बहिनीलाई केहीबेरमा फोन गर्ने भनिन् तर त्यसलगत्तै उनको फोन स्वीच अफ भयो । त्यसपछि परिवारका सदस्य उनलाई खोज्न आए नभेटेपछि प्रहरीलाई खबर गरियो ।
केही दिनपछि एक निर्माणाधिन पुलको तल आधा जलेको अवस्थामा एक युवतीको शव भेटियो । युवतीको परिवारले शवको सनाखत गरे । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भयो । घटनापछि प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।ती चारै जनाको शुक्रबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।एक प्रहरी अधिकारीले नाम नबताउने सर्तमा भने कि शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia