- अमर काफ्ले

बलात्कार आरोपमा प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन म्याद दिइएको छ ।तेस्रो पटक म्याद थपको क्रममा जिल्ला अदालत सुनसरीले कृष्णदास उपर थप अनुसन्धानका लागि सुनसरी प्रहरीलाई तीन दिनको म्याद दिएको हो ।


यसअघि दुई पटकमा ११ दिने म्याद दिएको अदालतले आजबाट लागुहुने गरि ३ दिनको थप म्याद दिएको हो ।प्रहरीले १० दिनको म्याद मागेपनि अदालतले भने ३ दिनको मात्र म्याद दिएको हो । म्याद थप पश्चात कृष्णदासलाई पुनः बिराट नर्सिङ होममै लगिएको छ ।सुनसरी प्रहरीले कृष्णदाससँगको बयान सकिएकाले मुद्दा बुझाउने तयारी थालिने जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia