- अमर काफ्ले

आधुनिक प्रविधिको बिकास क्रमसँगै पछिल्लो पुस्ताको आर्कषण कला र साहित्य तर्फ क्रमश घट्दो छ ।मोबाइल र इन्टरनेटको सहज र बढ्दो पहुँचसँगै रचनात्मक कृयाकलापमा सहभागिता जनाउनेको संख्या ओरालो लाग्दा कला र साहित्य क्षेत्रलाई सर्वोपरी मान्नेहरुकालागि चिन्ताको विषय थपिदो छ ।

साहित्य क्षेत्रसँग जोडिएर ब्याख्यामा आउने रवि र कविको प्रशंग क्रमश धुमिलिन थालेको महसुस गरेको बताउने साहित्यकार सागर तिमिल्सिना सोको जीवन्तताकालागि दिग्गजहरुको योगदान मात्रै पर्याप्त नहुने धारणा राख्छन् ।तिमल्सिना भन्छन्, “गाउँगाउँमा आयोजना हुने साहित्यिक कार्यक्रम हुन छाडेका छन् । कथा, कविता र मुक्तक जस्ता रचना रच्ने जमात मोबाइल र सामाजिक सञ्जालको प्रयोगसँगै शुन्यप्राय छन् । कहिकतै साहित्यिक कार्यक्रम आयोजना भए उपस्थिति पु¥याउनै हम्मेहम्मे पर्छ । त्यसैलै साहित्यको जर्गेनाकालागि अग्रज मात्रै नभएर सबै सरोकारवाला एकथलोमा उभिनुको विकल्प छ्रैन्”।इनरुवामा दुईजना प्राज्ञहरु छन् । उपेन्द्र पागल र जीवनाथ पोखरेल (पन्छी) । छविनाथ रिजाल, शशी बजगाई, सागर तिमिल्सिना, लिलानाथ सुवेदी, रमेन्द्रमुनी कोइराला, डम्बरुबल्लब भण्डारी, खखेरा, बिमला पोखरेल, अर्जुन दाहाल, बिमला कार्की, राधा सुवेदी,जयकृष्ण यादव, पीपी कोइराला, समीक्षा दाहाल, प्रमोद मण्डल, प्रकाश अनुराग र जेनीस देव जस्ता केही पुराना र थपिएका सीमित नयाँ अनुहारले थेगेको छ इनरुवाको साहित्य । त्यसैले सबैको साथ र सहयोगको अपरिहार्यताको खाँचो रहेको साहित्यकारहरुको भनाई छ ।

इनरुवालाई साहित्यको हव बनाउनु पर्ने आवाज निकै पहिलैबाट उठ्दै आएको हो । कुनै समय साहित्यको क्षेत्रमा पूर्वकै अग्रणी र गर्विलो इतिहास बोकेको इनरुवा साहित्य क्षेत्रमा परिचित नाम महानन्द सापकोटासँग जोड्ने गरिन्छ । इनरुवाको भगवती स्कूलका संस्थापक रहेका महानन्द सापकोटा इनरुवा क्षेत्रका लागि साहित्य क्षेत्रको चर्चित नाम हो । जसको शालिक इनरुवा चौकमा अवस्थित छ । साहित्य क्षेत्रलाई जीवन्त राख्दै नयाँ पुस्ताको आर्कषण बढाउन समे सिर्जनामा इनरुवा कार्यक्रम प्रभावकारी सावित हुने आयोजकको दावी छ ।विगत र वर्तमानलाई नियाल्दै कला र साहित्यको जर्गेनाकालागि इनरुवामा रहेका साहित्य क्षेत्रका अगुवाहरुले नयाँ अभियानको थालनी गरेका छन् ।साहित्यको जर्गेना गर्दै नयाँ अनुहार प्रति आर्कषण जगाउन सिर्जनामा इनरुवा नाम दिइएको कार्यक्रमलाई स्थानीयस्तरमा हरेक महिनाको पहिलो शनिबार आयोजना गर्न थालिएको छ ।वर्णमाला दैनिकसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको साहित्य श्रृङ्खलालाई प्रत्येक पटक फरक स्थान र अलग अतिथिको उपस्थितिमा संचालनमा ल्याइदै आइएको संयोजक लिलानाथ सिलवाल बताउँछन् ।नविन तथा स्थापित साहित्यकारको सिर्जनालाई प्रस्फुटन गदाउँदै साहित्य क्षेत्रको संरक्षणमा टेवा पु¥याउनुनै सिर्जजनामा इनरुवाको मूलभूत उद्देश्य रहेको कार्यक्रमको परिकल्पनाकार सागर तिमल्सिनाको भनाई छ । सिर्जनामा इनरुवा कार्यक्रम सञ्चालनमा ल्याएसँगै युवा पुस्ताको आर्कषण समेत बढ्न थालेको तिमल्सिनाको भनाई छ ।सिर्जनामा इनरुवा अन्र्तगतको पछिल्लो श्रृङ्खला सरस्वती ज्ञानकुञ्जमा आयोजना गरिएको छ । प्राडा. भीम खतिवडा, प्राज्ञ उपेन्द्र पागल, छविनाथ रिजाल, शम्भु आचार्य, डम्बरुबल्लभ भण्डारी, राम खरेल, केशव भट्ट सागर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम खगेन्द्र केसीको अध्यक्षतामा सम्पन भएको थियो । यसैबिच रमेन्द्रमु्नी कोइरालाको अध्यक्षतामा इनरुवामा सप्तरङगी साहित्य समाजको प्रदेश कमिटी गठन समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia