- दिलिप कुमार साह

राजविराज। राजगढ गाउँपालिकाका तीन वडा अध्यक्षहरुद्वारा आफनै गाउँपालिकाको कार्यालयमा चार दिन देखि तालाबन्दी गरेका छन् । जनताबाट निर्वाचित भएर स्थानीय सरकार संचालनको अभिभारा बोकेर गाउँकार्यसभामा पुगेका जनप्रतिनिधिहरु राजगढ गापा वडा नं. ४ का वडा अध्यक्ष हेम नारायण साह, वडा नं. २ का वडा अध्यक्ष ललित नारायण सिंह र वडा नं. ६ का वडा अध्यक्ष कमलदेव मण्डलले विकासीय काम असन्तुष्टि जनाउँदै गाउँपालिकामा तालाबन्दी गरिएको हो ।

गाउँपालिका अध्यक्ष तथा कार्यपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै १४ बुँदै माँग सहित गाउँपालिका कार्यालयमा लगाएको ताला चौथो दिन शनिबारसम्म खुल्न नसकेको प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले जानकारी गराए ।यता गाउँपालिकाको परिषद लगायत यस वर्षको विकासीय काम अघि बढाउन झण्डै ६ महिना ढिलो भईरहँदा आफनै साथीहरुले आफुखुशी बजेट सिलिङ्ग माग गरेको विषयलाई लिएर गरेको तालाबन्दी प्रति खेद जनाउँदै गापा अध्यक्ष परमानन्द यादवले भन्छन्– गाउँपालिकामा आएको बजेटको क्षमता अनुसार प्रत्येक वडामा समान रुपले विकासीय बजेट विनियोजन गरिने र ढिलै भएपनि यस वर्षको विकासीय बजेट सकाउन गापाको काम कारबाहीलाई तिव्रता दिनुपर्ने बताए ।

त्यसको लागि तालाबन्दी गरेको पक्षले मागेकै जति एक करोड पच्चीस लाख बजेट सिलिङ्ग प्रति वडा दिन नसकिएला पनि सन्तोष जनक रुपमा बजेट विनियोजन वडा हरुलाई पठाउने र गाउँपालिकाको सम्पूर्ण कामकाज र खर्चको विवरण सार्वजनिक गर्ने प्रतिबद्धता अध्यक्ष यादवले व्यक्त गरेका छन् ।बुधबारबाट सुरु भएको गाउँपालिकाको चौथो गाउँसमा १५ गते भित्र आन्तरिक रुपमा सम्पन्न गरि सक्ने र त्यस पश्चात गापाको बजेट व्यापक जनसहभागिताको बीच सार्वजनिक गरिने गापाका प्रमुख प्रशासकीय अधिकृत रमेश यादवले जानकारी गराए ।

तपाईको प्रतिक्रिया