- दिलिप कुमार साह

राजविराज । सप्तरी प्रहरीले राजविराजमा आयोजना गरेको सार्वजनिक सम्वाद कार्यक्रममा आर्थिक वर्ष ०७६/०७७ को पाँच महिनामा दर्ता भएको ३ सय ५७ वटा मुद्दामध्ये २ सय ५० वटा मुद्दा फर्छयौट गरेको छ ।दर्ता भएको मुद्दाहरुमध्ये १ सय ७ वटा मुद्दा फर्छयौटको क्रममा रहेको जानकारी जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईले जानकारी दिएको छ ।

पाँच महिनामा ३५ वटा महिला ३३ वटा बालिका २ वटा बालक र १ वटा पुरुष हराएकोमा १६ जनाको उद्दार गरिएको एसपी प्रसाईले जानकारी दिए । यसैगरी भन्सार छली ल्याइएको ५९ लाख २० हजार ४ सय २५ रुपैयाँ वरावरको सर-समान जफत गरी भन्सार कार्यालयमा बुझाएको छ ।अबैध कारोबारमा संलग्न भएको २१ जनालाई नियन्त्रमा लिएको जानकारी दिँदै तथ्यांक अनुसार अदालतको फैसला कार्यान्वयन गराउने सन्दर्भमा विभिन्न मुद्दाका फरार ६ तथा अनुसन्धानका क्रममा फरार रहेका १७ गरी २३ जनालाई नियन्त्रमा लिएको छ ।प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजन गरेको कार्यक्रममा ९ नगरपालिका सहित १८ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र सरोकारवालालाई उपस्थित गराइएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia