इटहरी । इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको हो । उहाँ नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी समेत रहनु भएकाे थियाे ।

पत्रकारितामा सक्रिय प्रधानलाई पछिल्लाे समय दुबै मृगौला फेल भएकाे कारण उहाँलाइ नियमित मृगौला डाईलेसिस गराउँदै आइराखिएकाे थियो । उहाँकाे आजै इटहरी स्थित बुढि जमुना मुक्ति घाटमा अन्तेष्टि गरीने परिवार श्राेतले जनाएकाे छ । स्वर्गीय पत्रकार याम प्रधान प्रति हार्दिक श्रद्दाञ्जली एवम् दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia