विराटनगर । आज (शुक्रबार) देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना देखिएको छ । हिमपात तथा वर्षाको सम्भावना भएको भन्दै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डौसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने देखिएको छ । यस्तै अन्य ठाँउमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको रहेको छ । बिहीबारको तुलनामा पश्चिमी वायुको प्रभाव कम हुने भए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया