सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगतको पछिल्लो खेलमा प्रदेश नम्बर ३ र प्रदेश ५ ले अंक बाँडेका छन् ।

दोस्रो इनिङ जारी रहँदा पानी परेपछि रोकिएको खेल मैदान भिजेकाले पूनः सुचारु हुन नसकेपछि दुवै टिमले १–१ अंक बाँडेका छन् ।
१ सय ९० रनको लक्ष पछ्याउदै दोस्रो इनिङमा उत्रिएको प्रदेश ५ ले २ दशमलव १ ओभर खेल्दैगर्दा पानी परेपछि खेल रोकिएको थियो ।
खेल रोकिनु अघि प्रदेश ५ ले १ विकेट गुमाएर ९ रन जोडेको थियो । त्यसपछि खेल संचालनमा आउन सकेन् ।
दोस्रो खेल नतिजा विहिन रहेपछि अघिल्लो खेलमा पराजित रहेको प्रदेश नम्बर ५ प्रतियोगिता बाट बाहिरिने निश्चित भएको छ ।
आजको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नम्बर ३ ले ४५ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १ सय ८९ रन जोडेको थियो ।


प्रदेश नम्बर ३ कालागि सुवास खकुरेलले सर्वाधिक ४२ रन बनाए । आदील खानले टिमकालागि २६ रन जोड्दा रित गौतमले २२, प्रतिस जिसीले १८, सोनु तामाङले १५ र रामनरेश गिरीले १७ रन बनाए ।
वलिङ तर्फ प्रदेश नम्बर ५का विशाल बिक्रम केसी एक्लैले ५ विकेट लिए । केसी म्यान अफ दी म्याच घोषित भए ।
भोलि शनिबार हुने समूह सी अन्र्तगतको अन्तिम खेलमा भिड्ने प्रदेश एक र प्रदेश ३ बिचको बिजेता टोलीले सेमीफाइनलमा स्थान बनाउने छ ।

तपाईको प्रतिक्रिया