एमएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । समूह बि अन्र्तगतको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेश माथि २ सय ६७ रनको बिशाल जित हात पारेको छ ।इनरुवा खेल मैदानमा टस जितेको कर्णाली प्रदेशले फिल्डिङ रोजेपछि पहिलो पारीमा ब्याटिङमा उत्रेको पुलिसले ३ सय ४६ रन जोडेको थियो ।३ सय ४७ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २७ दशमलव १ ओभरमा अलआउट हुँदै ७९ रनमा समेटिएपछि नेपाल पुलिसले प्रतियोगितामा प्रभावशाली जित दर्ता गराएको हो ।पुलिस सामू निरीह बनेको कर्णाली प्रदेशको पारी सुरुवातबाटै धरमराएको थियो ।

विपक्षीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित भण्डारी, मञ्जित श्रेष्ठ र सागर ढकालले समान २÷२ विकेट लिंदा दीपेन्द्र गिरी, पवन सर्राफ, ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट हात पारे ।कर्णालीका लागि राज शाहले सर्वाधिक २३ रन बनाए । टेक सलामीले १४, हेमन्त ओली र दिवान पुनले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।त्यसअघि पहिलो पारीमा ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ३ सय ४६ रन जोडेको थियो ।पुलिसका कुशल भुर्तेलले ७८ रन बनाएको खेलमा सुनिल धमलाले ७०, अनिल साहले ३६ र दीपेन्द्र ऐरीले २५ रन बनाए ।प्रतियोगिताकै उच्च स्कोर खडा गर्ने क्रममा पुलिसका दिलिप नाथ र पवन सर्राफले समान १५ र मन्जित श्रेष्ठले १८ रनको योगदान गरे ।कर्णालीका रविन्द्र जंग शाहीले ३ विकेट लिए भने युनिस सिंह र राज साहले समान २–२ विकेट हात पारे ।कुशल भुर्तेल प्रतियोगिताको प्लेयर अफ द म्याच घोषित भए ।प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश नम्बर २ र कर्णाली प्रदेश बिच हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia