- जयकृष्ण यादव

इनरुवा। सुनसरीको भोक्राहानरसिंह गाउँपालिकाका सुकुम्बासीहरुले सुकुम्बासी समस्या समाधान गर्न माग गरेका छन् । मानव अधिकारका लागि र संविधानको मौलिक हकमै व्यवस्था गरिएको आवास सम्बन्धी अधिकारको प्रत्याभुतीका लागि सुकुम्बासी समस्या समाधान गर्न माग गरेका हुन् ।बुधबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगंजमा शिक्षा ,स्वास्थ्य, खाध्य तथा आवास विषयक सेवादयी र सेवाप्रदायक बिच अन्तरक्रिया कार्यक्रमका सहभागी सुकुम्बासीहरुले सुकुम्बासी समस्या समाधान गर्न माग गरेका हुन् ।

पुस्तौदेखी एलानी जग्गामा बसोबास गर्दै आएको भएपनि बाटो सडक र विद्यालयको नाममा उठीबास बनाउने गरि घर भत्काउन थालेको भन्दै सुकुम्बासीहरुले सुकुम्बासी समस्या समाधान गर्नुपर्ने स्थानीय सरकारसंग माग गरेका छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकको आयोजना, भोक्राहा नरसिंह गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहकार्य र मानवअधिकार समूह भोक्राहाको समन्वयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागी सुकुम्बासी अधिकलाल रामले गाउँमा सयौंको संख्यामा रहेका सुकुम्बासी समस्या समाधान गर्न माग गर्दा समेत बेवास्ता गरेको र भएको घरहरु समेत भत्काउने धम्की दिएकाले सामाधानका लागि आग्रह गर्नुभयो । सम्पन्न भएको कार्यक्रममा महिला सहभागी कौशिला सदाले गाउँमा रहेका दलित तथा सुकुम्बासी समेतलाई राज्यले उपेक्षा गरेकाले त्यसमा सुधार गर्न वडाले पहल गर्नुपर्ने माग गर्नुभयो । सदाले आफूहरु बसिरहेको भोक्राहा नरसिंह ३ को जनता मावि मैदानको जग्गाबाट खाली गर्न उर्दी जारी रहेकाले समस्या भएको सुनाउनुभयो । वहाँले साविक सितारम मुसहरको जग्गा भन्दै बस्दै आएकोमा हाल विद्यालयले आफ्नो क्षेत्रमा रहेको भन्दै खाली गर्न भनेको गुनासो गर्नुभयो ।
कार्यक्रममा जनता माविका प्रधानाध्यापक जितेन्द्र साहले विधालय परिसरमा परेको जग्गामै केहीको घर रहेको र विद्यलायले घेराबेरा गरेकाले उनीहरुले खाली गर्नुपर्ने तर्क गर्नुभयो । साहले विकल्पमा सुकुम्बासीहरुले सुकुम्बासी समस्या समाधान गर्न स्थानीय ,प्रदेश वा संघीय सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा गाउँ स्वास्थ्य केन्द्रका भावना राईले स्वास्थ्य चौकीमा औषधी, जनशक्ति, भौतिक पूर्वाधार, खानेपानी, फर्निचर समेतको अभाव रहेकाले स्वास्थ्य समस्या समाधान गर्न माग गर्नुभयो । वहाँले वडाहरुमा स्वास्थ्य संस्था संचालन गरेपनि व्यवस्थापनमा समस्या रहेको र समस्याका बारेमा पालिका तथा स्वास्थ्य शाखालाई अवगत गराउदाँ समेत वास्ता नभएको गुनासो गर्नुभयो ।कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका पशुसेवा शाखा अधिकृत कपिलदेव यादवले पशुशाखा पालिकामा आएको राम्रो पक्ष भएपनि व्यवस्थापनमा केही समस्या रहेको र विस्तारै समाधान भईहरेको बताउनुभयो । वहाँले सेवाग्राहीहरुलाई पशु जन्य उत्पादन बढाउन र कृषि उत्पादन बढाउन सेवा लिन आउनका लागि आहवान गर्नुभयो । पशु शाखामा कमै सेवाग्राही आउने भएकाले त्यसमा आउनका लागि समेत आग्रह गर्नुभयो ।कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष सुकदेव यादवले शिक्षा, स्वास्थ्य र अबासका लागि वडा कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो । वहाँले पालिका र वडाले आफ्नो स्रोत साधनले भ्याएसम्म सबै खाले समस्या सहित सुकुम्बासीहरुले राखेको सुकुम्बासी समस्या समाधान गर्न समेत लागि परेको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार सञ्जाल समुहका सदस्य सरोज यादव, सचिव दिपेन्द्र यादव , सहसचिव रन्जित राम र अभिभावक शिवशंकर मेहता, ठिठरी राम, जयप्रकाश मण्डल ,श्रीकृष्ण राम, अन्सु उराँव, शिक्षक सुमित्रा यादव, हरि यादव, कौसिला राम, अकलिदेवि राम, रिता यादव लगायतकाले आआफ्नो सवालहरु राख्नुभएको थियो भने सरोकारबालाहरुले जवाफ समेत दिएका थिए ।शिक्षा क्षेत्र सुधारकालागि शिक्षक अभिभावकबीच सहकार्य आवस्यक रहेको समेत विधार्थीहरुले जोड दिएका थिए । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा केही सरोकारबालाहरुले शिक्षा क्षेत्र सुधारका लागि व्यक्तिको मानसिकतामा परिबर्तन आउनुपर्ने बताउदै सामुदायिक विद्यालयका अभिभावकहरू जागरुक हुन आवश्यक रहेको शिक्षक सुमित्रा यादवले बताउनुभयो ।यादवले संविधानले निशुल्क शिक्षा भनेर मौलिक हकमै व्यवस्था गरेको भए पनि अहिलेसम्म पालिकामा शिक्षा ऐन नबन्दा समस्या भएको बताउनुभयो । कार्यक्रममा मानवअधिकार समूहका सदस्य ओमप्रकाश यादवको अध्यक्षता र वडा अध्यक्ष सुकदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको इन्सेकी सहजकर्ता मिना साहले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया