- अमर काफ्ले

इनरुवा। पूर्वमा सस्तो दरमा भरपेट खाना खुवाउने दाताहरु एकपछि अर्को थपिदै जाँदा सुनसरीको इनरुवामा भने निःशुल्क खाना खुवाइन लागिएको छ । केहि साताअघि बिराटनगबाट सुरु भएको सस्तोमा खाना खुवाउने अभियान यतिबेला पूर्वमा विभिन्न शहरमा विस्तार भएको छ । बिराटनगरबाट सुरु भएको १० रुपैंयामा भरपेट खाना खुवाउने कार्यक्रम झापा पुग्दा ५ रुपैंया तोकिएको थियो । इटहरीमा १५ रुपैंयामा सुरु भएको दाल, भात, तरकारी खुवाइने अभियान सुनसरी सदरमुकाम इनरुवा आइपुग्दा निःशुल्कमा झरेको छ ।

पूर्वका विभिन्न शहर र बजारमा गरिव, दलित र विपन्न समूदायलाई लक्षित गरि एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाझी झैं चल्दा सुनसरीको इनरुवामा भने स्थानीयहरुले भोलिबाट निःशुल्क खानपिनको अभियान चलाउन लागेका छन् । अभियानकालागि सत्य यादवको संयोजकत्वमा स्थानीय समाजसेवीहरु सम्मिलित १० सदस्यीय समिति गठन गरिएको छ । यादवका अनुसारका ९ सदस्य सल्लाहकार समितिको चयन समेभ भैसकेको छ । यादवले भोलिबाट इनरुवा बसचौकमा सुरुवात गर्न लागिएको निःशुल्क भरपेट खाना कार्यक्रम तत्काल १ लाख रुपैंयाबाट थालनी गर्न लागिएको बताए । गरिव, असहाय, विपन्न र बेघर भई सडकमा भौतारिएर दिन बिताउने समूदायलाई लक्षित गरि निःशुल्क खानपिनको अभियान चलाउन लागिएको बताइएको छ । प्रारम्भिक तवरमा तीन दिनकालागि भनि अघि सारिएको अभियानमा सहयोगी दाताहरुको संख्या थपिन थालेकाले आफुहरुलाई हौसाएको अभियानका संयोजक यादवको भनाई छ । निःशुल्क खाना कार्यक्रममा पुग्ने जोकोहीले दाल,भात,अचार,पापड खान पाउनुकासाथै निशुल्क पानी समेत पिउन पाउने छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia