- अमर काफ्ले

इनरुवा। नेपाल आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।प्रतियोगिता अन्र्तगत आज भएको पहिलो सेमीफाइनल खेलमा बागमती (प्रदेश नम्बर ३) लाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन आर्मी उपाधी नजिक पुगेको हो ।२ सय १७ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ३८ दशमलव १ ओभर खेल्दै १ सय ५२ रनमा समेटियो ।

लक्ष्य पछ्याएको बागमतीको सुरुवात खराब रह्यो । १९ ओभरमै बागमती प्रदेशले ७३ रनको स्कोरमा टिमको महत्वपूर्ण ७ विकेट गुमाउन पुग्यो ।आठौं विकेटका लागि सोनु तामाङ र रामनरेश गिरीले ४८ रनको साझेदारी गर्दै जितको आशा दिलाएपनि त्यो सम्भव हुन भने सकेन् ।तामाङले टिमका लागि सर्वाधिक ७४ रन बनाए । इशान पाण्डेले १७ रन बनाउँदा सुवाष खकुरेलले १५ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।आर्मीका सुशान भारीले ३ तथा सहाव आलमले २ विकेट लिए । बिक्रम सोब, हरीबहादुर चौहान, हरिशंकर जैन र कुशल मल्लले समान एक एक विकेट लिए ।त्यसअघि ४७ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।आर्मीका ओपनिङ ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ४३ रन बनाए । यस्तै आर्मीका लागि कुशल मल्लले ३७, रोहित पौडेलले २९ र बिक्रम सोबले २४, राजेश पुलामीले १७ तथा भिम शार्कीले १५ रनको पारी खेले ।प्रदेश नम्बर ३ बागमतीका बलर गौतम केसीले ४ विकेट लिए । नन्दन यादव, इशान पाण्डे र तिलकराज भण्डारीले समान २÷२ विकेट लिए ।प्रतियोगिताको म्यान अफ द म्याच कुशल मल्ल घोषित भए ।फाइनलमा प्रवेश गरेको आर्मीले अब दोस्रो सेमीफाइनल अन्र्तगत भोलि हुने नेपाल पुलिस र सुदुरपश्चिम बिचको बिजेतासँग माघ ४ गते उपाधीका लागि प्रतिष्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia