काठमान्डाैं / नेपालमा ५५ प्रतिशत स्वामित्व रहेको भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) डुब्ने अवस्थामा पुगेको छ । भारत सरकारको स्वामित्वमा रहेको यस बीमा कम्पनीको पछिल्लो पाँच वर्षमा खराब सम्पत्ति (नन परफरमिङ एसेट्स–एनपीए) शतप्रतिशत वृद्धि भएको छ । एलआईसीले सन् २०१९ मार्चमा जारी गरेको वित्तीय विवरणअनुसार एनपीएको दर ६ प्रतिशत पुगिसकेको छ । यस्तो तथ्याकं सन् २०१४/१५ मा जम्मा ३ दशमलव ३० प्रतिशत मात्रै रहेको थियो । एलआईसीको ५५ प्रतिशत रहेको कम्पनी लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले भने यसलाई ‘केबल हल्ला’ मात्रै भन्दै कुनै असर नपर्ने जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia